• होमपेज
  • समाचार
  • १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

  • शुक्रबार, मंसिर २२, २०८०
१४ किलो सुनबारे छानबिन गर्न समिति गठन
सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घले ।

काठमाडौं — त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए ।

बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताए ।

चर्चामा

सम्बन्धित समाचार