सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • चौथो सातासम्म निरन्तर ‘दिमाग खराब’

चौथो सातासम्म निरन्तर ‘दिमाग खराब’

  • बिहिबार, मंसिर २१, २०८०
चौथो सातासम्म निरन्तर ‘दिमाग खराब’

काठमाडौँ —नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ ।

गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको निर्माता रौनकविक्रम कँडेलले दिए । “चलचित्रलाई दर्शकले नै सिफारिस गरेपछि चलचित्र सफल भएको हो । यसको घरेलु व्यापारसँगै विदेश भइरहेको प्रदर्शनले हामी खुसी छौँ”, निर्माता कँडेलले भने ।

निर्देशक बस्नेतले आममानिस र शक्तिमा रहेको मानिसबीचको भिन्नतालाई चलचित्रमा देखाउने कोशिस गरेको जानकारी दिए । “म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो”, निर्देशक बस्नेतले भने, “मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहीँ प्रयास गरेँ । देशको परिस्थितिले एउटा सरल जीवन चाहने आममानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ ।”

उनले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मलाई धेरै शो नदिएको भनेर विवाद समेत भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार