ढुङ्गा तरास्यो मानिसले भगुवान बनायो,
आफुले बरू आफैलाई सैतान बनायो।
मर्नेवेलापनि भ्रमित भएर मर्छन् मानिस,
भ्रमजालमा दुर्वल आफ्नै जहान बनायो।
डराउँछन् आफ्नै छायाँ देखेर मान्छेहरू,
चमत्कारको कथाभित्र नै तुफान बनायो।
केछ र संसारमा तिम्रो मेरो कथा बाहेक,
देवता कहिले त आफैलाई हैबान बनायो।
जन्मिएका मर्छन् मरेका जन्मिदैनन् यहाँ,
मान्छे आफै अस्पत्ताल र सम्सान बनायो।
चितामा आगो आफैले लगायो मानिसले,
आफु गोण भएर धुँवालाई प्रधान बनायो।