सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा एमाले बाजुराको अधिबेशन माघ २६ गते देखी कोल्टीमा हुने

नेकपा एमाले बाजुराको अधिबेशन माघ २६ गते देखी कोल्टीमा हुने

  • सोमवार, मंसिर १८, २०८०
नेकपा एमाले बाजुराको अधिबेशन माघ २६ गते देखी कोल्टीमा हुने

बाजुरा– नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन माघ २६,२७ र २८ गते कोल्टीमा हुने भएको छ । सोमबार बसेको नेकपा एमाले जिल्ला कमिटि बाजुराको बैठकले सो निणर्य गरेको हो ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराको नौँ बैठकले जिल्लाको उत्तरी क्षेत्रमा आठौँ अधिबेशन गर्ने नेकपा एमाले बाजुरा सचिव भरत थापाले बताए ।

त्यसै गरि नेकपा एमाले बाजुराकाे  बैठकले हालै सम्पन्न नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीकाे अधिवेशनमा  निर्वाचित कमिटिलाइ बधाइ ज्ञापन गर्ने निर्णय गरिएकाे नेकपा एमाले प्रचार प्रशार बिभाग प्रमुख काशी बिकले बताए ।

त्यसै गरि यस अघि बिभिन्न समय पार्टीका शुभचिन्तकहरुकाे मृत्यू भएकाहरु प्रति श्रद्भान्जलीका साथै जाजरकाेट केन्द्र बिन्दु बनाएर गएकाे भुकम्पमा परि मृत्यू भएकाहरु प्रति श्रद्भान्जली दिनुका साथै घाइतेहरुकाे स्वास्थ्य लाभकाे कामना गर्ने निर्णय गरिएकाे बिभाग प्रमुख बिकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार