बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • पुल बगाएको डेढ बर्षसम्म पनि पुल निर्माण प्रक्रिया हुन सकेन

पुल बगाएको डेढ बर्षसम्म पनि पुल निर्माण प्रक्रिया हुन सकेन

पुल बगाउदा बजारबाट बिच्छेद बाजुराको साप्पाटा

  • शुक्रबार, मंसिर १५, २०८०
पुल बगाएको डेढ बर्षसम्म पनि पुल निर्माण प्रक्रिया हुन सकेन

टेक बहादुर बुढा,बाजुरा —बाजुरामा कर्णाली नदिले झोलुंगे पुल २०७९ असारमा बगाउदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ साप्पाटा बजारबाट बिच्छेद भएको थियो । पुल बगाएको डेढ बर्ष हुन लाग्दा सम्म पनि कतै बाट पुल बनाउने योजना नभएको पाईएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको भैसागाडमा रहेको झोलुंगे पुल बगाएपपछि साप्पाटाका १ हजार घरपविार बजारको पहुँच भन्दा टाढा रहेको स्थानिय बासीले वताएका छन् । झोलुंगे पुलका लागि स्थानिय र स्थानिय सरकारले पहल गरेको भएपनि अहिले सम्म पुल निर्माण हुने कुनै योजना नरहेको वताएका छन् ।

बाजुरा बाट निर्वाचित संघिय सांसद तथा काँग्रेस सहमहान्त्रि बद्रिप्रसाद पाण्डेका स्वकीय ताल बहादुर रावतका अनुसार पुल बनाउनका लागि केन्द्र पहल भइरहेको वताएका छन् । केन्द्रमा त्यो ठाउँमा पुल निर्माणका लागि पहल भइरहेको छ, चाडै पुल निर्माण प्रक्रिया अगाडि बढ्ने रावतले वताएका छन् ।

साप्पाटा बाट जगन्नाथ गाउँपालिकाको बेर्मा बजार आउने झोलुंगे पुल कर्णाली नदिले बगाएपछि स्थानिय बजारको पहुँच सँगै आवतजावतमा समस्या भएको स्थानिय शिक्षक धन बहादुर धामीले वताएका छन् । साप्पाटाको मुक्तिकोट गाउँ सबै भन्दा बढी गरिब गाउँ हो । ४ सय परिवार बजारको खाद्यन्नमा निर्भर रहने गरेका छन्, बजार जाने पुलनै बगाएपछि गाउँमा खाद्यन्न संकट हुने अबस्थामा पुगेको धामीले वताए ।

बेर्मा बजार पुग्न एक घण्टा देखी बढीमा तिन घण्टा लाग्ने गरेको थियो, अब भने धेरै टाढा बाट घुमेर जानुपर्ने रहेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले वताएका छन् । झोलुंगे पुलको ब्यबस्थापनका लागि पहल भइरहेको वताए ।
गाउँमा बिरामी पर्दा उपचारका लागि बाहिर लिन निकै समस्या भएको छ । बजारको पहुँच बाट गाउँ टाढा रहेपछि गाउँमा संकट उत्पन्न भएको स्थानिय डबल बहादुर बिकले वताएका छन् ।

कर्णाली नदिमा पानि बढेपछि २०५२ सालमा निर्माण भएको पुल बगाएको थियो । झोलुंगे पुल बगाउदा स्वामिकार्तिक खापर गाउँपालिका १ र २ जगन्नाथ गाउँपालिका ३, ४ र ५ का बासिन्दालाइ आवतजावत बन्द भएको स्थानियले वताए ।
गत बर्ष लगातारको अबिरल बर्षाले कर्णाली नदिमा रहेका झोलुंगे पुल बगाएको छ । कर्णाली नदिमा रहेका हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम र दैलेखमा रहेका दर्जन भन्दा बढी झोलुंगे पुल बगाएको थियो ।

बाजुरा जिल्लाका दर्जनौ झोलंगे पुलहरु बाढि पहिराको जोखिममा तथा जिर्ण रहेका छन् । जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल रहेका छन् । अधिंकाश पुले जिर्ण र जोखिममा रहेका छन् ।

दशकौ पुराना र थोत्रा रहेका झोलुंगे पुलहरु बर्षातको समयमा बाढि र पहिरोको जोखिममा हुने गरेका छन् । नौ बर्ष पहिला केन्द्र बाट बिज्ञहरुको टोलि आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको संकेत समेत लगाएर गएको छ । तर मर्मत गर्न भने कसैको ध्यान नगएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार