सुरेशकुमार पाण्डे—गजल:
भन्छन् आन्दोलन गरौँ समस्या दूर हुन्छ,
गास बास कपास देशभित्र भरपुर हुन्छ।
लड्न मर्न सिकाए नेताले गरिब जनता,
अवसरबादले सरकार बनाउँने सुर हुन्छ।
भेंडा बाख्रा जस्तै हौँ उन्को दृष्टिमा हामि,
हाम्रै बलि चढाउँन सधै नेता आतुर हुन्छ।
सोझा निमुखा गर्छन् आस ढुङ्गा माटोमा,
तस्करको लागि त्यहीपनि कहिनूर हुन्छ।
राम्रो नराम्रो पैसा र पावरमा भरपर्ने हुँदा,
चम्चाहरूको सधै उनैको जि हजूर हुन्छ।
गरिबी होइन गरिबलाई हटाउँन खोजेका,
त्यसैले त गरिबकै सपना चक्नाचुर हुन्छ।