• होमपेज
  • कला /साहित्य
  • चुन्यौँ र पठायौँ संसदमा त्यही देशको गद्धार भयो

चुन्यौँ र पठायौँ संसदमा त्यही देशको गद्धार भयो

  • बुधबार, मंसिर १३, २०८०
चुन्यौँ र पठायौँ संसदमा त्यही देशको गद्धार भयो

सुरेशकुमार पाण्डे—गजल:

चुन्यौँ र पठायौँ संसदमा त्यही देशको गद्धार भयो
बिक्यो हिंजो भन्दा पनि आज त्यही साहुकार भयो।

मागिखाने भाँडो भएकैछ नीति सिधान्त हिंजोआज,
देशभित्रको राजनीति त्यसैले बद्नाम लगातार भयो।

कृर्षी प्रधान देशका किसान आकास तिर हेर्छन सधै,
अकालमै ज्याँन गुमाउँने जस्तो देशमा आधार भयो।

जातिय छुवाछुत यही देशमा हुँन्छ गृहयुध्द लगातार,
हाम्रो देशको गाईजात्रा जस्तै सधैभरी व्यबहार भयो।

रोजगार छैन युवा बिहिन भयो हिमाल पहाड तराई,
देशका नेता र व्यबस्था देखेर आज दङ्ग संसार भयो।

सरकारले भन्नेगर्छ गाउँ/गाउँमा सिहँ दरबार आउँछ,
सङ्घियता आयो त्यसैले यो देश नै नाङ्गेझार भयो।

जन्मदिनको बधाई दिंदा नि हाँसो लाग्छ यार मलाई,
मर्न पाईँदैन देशमै नेपालीहरू अर्कैको औजार भयो।

चर्चामा

सम्बन्धित समाचार