शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना, ११ जनाको मृत्यु

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना, ११ जनाको मृत्यु

  • मङ्लबार, मंसिर १२, २०८०
दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना, ११ जनाको मृत्यु

प्रिटोरिया —दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रिटोरियाको पश्चिममा रहेको रुस्टेनबर्ग माइनमा सोमबार दुर्घटना भएको हो ।

खानी सञ्चालन गर्ने कम्पनी इम्पाला प्लेटिनमले यो घटनालाई कम्पनीको इतिहासकै सबैभन्दा दुःखद दिन भएको बताएको छ । रुस्टेनबर्ग खानीमा उत्खनन कार्य अस्थायी रूपमा रोकिएको छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यस दुर्घटनामा ८६ जना मजदुर प्रभावित थिए। ७५ जना घाइतेलाई यस क्षेत्रका विभिन्न चार अस्पतालमा भर्ना गरिएको छ ।

इम्पाला प्लेटिनम दक्षिण अफ्रिकाको प्लेटिनम उत्पादकहरू मध्ये एक हो जसले विश्वको सबैभन्दा गहिरो र पुरानो खानीहरू सञ्चालन गर्दछ। कम्पनीका प्रवक्ताले अस्थायी रूपमा खानी बन्द गर्ने निर्णय बुधबारसम्म लम्ब्याउन सकिने बताए ।

चर्चामा

सम्बन्धित समाचार