• होमपेज
  • कला /साहित्य
  • साशकले गरिबलाई सधैभरी हतियार बनायो

साशकले गरिबलाई सधैभरी हतियार बनायो

  • मङ्लबार, मंसिर १२, २०८०
साशकले गरिबलाई सधैभरी हतियार बनायो

सुरेशकुमार पाण्डे  —गजल:

साशकले गरिबलाई सधैभरी हतियार बनायो,
जसले आफ्नो रगत पसिनामा संसार बनायो।

आज घर नघाट भयो देश बिहिन भयो जसले,
खुन पसिनाले तिमिहरूलाई साहुकार बनायो।

भुल्यो ए अवसरबाद तिमिहरू त्यो सहीदलाई,
जो गणतन्त्र ल्याउँन जिवनकै आधार बनायो।

कसिङ्गर जस्तै ठान्छौ त्यो महान व्यक्तित्वलाई,
तिम्रो लागी जस्ले देशभित्र बालुवाटार बनायो।

कत्तिपनि थिएन बोल्ने अधिकार नागरिकलाई,
नयाँ सम्विधानमा बोल्न पाउँने हकदार बनायो।

आज कति सस्त्तो बनायौ हाम्रो देश र गणतन्त्र,
बिदेशीको इसारामा राजनीति नै व्यापार बनायो।

चर्चामा

सम्बन्धित समाचार