• होमपेज
  • कला /साहित्य
  • श्रमजिविको भागमा केवल समस्यको रास

श्रमजिविको भागमा केवल समस्यको रास

  • सोमवार, मंसिर ११, २०८०
श्रमजिविको भागमा केवल समस्यको रास

जनताहरूको आसाथियो गणतन्त्र नै खास हुन्छ,
गरिब जनताको पनि खाने गास बसने बास हुन्छ।

केथाहा जो सहीद भए देश जनताको लागि यहाँ,
उनिहरूको त्याग र बलिदानको सत्यनास हुन्छ।

किसानले हलोजोत्न छाड्यो आन्दोलनमा कुँद्यो,
केथाहा उसैले चुनेको सरकार बिदेशी दास हुन्छ।

छोरा लाई बिदेश पठायौँ बारी बेचेर ऋण काड्यो,
उहि छोराको रातो बाकस भित्र फिर्ता लास हुन्छ।

अब बल्ल बुद्धी पलायो सेतै फुलेपछि केश हाम्रो,
जता भागेपनि आफ्नो दुःख त आफ्नै पास हुन्छ।

गरिब जनतालाई भर्याङ्ग बनाउँछन् अवसरबादी,
श्रमजिविको भागमा केवल समस्यको रास हुन्छ।

चर्चामा

सम्बन्धित समाचार