शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मलाई यत्ती थाहाछ गणतन्त्र प्यारो छ

मलाई यत्ती थाहाछ गणतन्त्र प्यारो छ

  • बिहिबार, मंसिर ७, २०८०
मलाई यत्ती थाहाछ गणतन्त्र प्यारो छ

राजा आउंछन कि रङ्क भन्न गारो छ,
मलाई यत्ती थाहाछ गणतन्त्र प्यारो छ।

गणतन्त्र रगतको बदलामा आएको हो,
सहिदको सपना त अंझैपनि उधारो छ।

सबैलाई थाहानै छ राजतन्त्र केहो भन्ने,
हिंजो कस्तो थियो छर्लङ्गै छ उघारो छ।

बहुदलभित्र बन्न खोजेकैछन् छोटेराजा,
उनैलाई थाहानै छ अगाडी भड्खारो छ।

हुंदैन त्यो राजतन्त्र विक्लप गणतन्त्रको,
अब फेरी त्यो व्यबस्था आउन सारो छ।

फेरी क्रान्ती हुन्छ आमूल परिवर्तन यहां,
बरू यथार्थमा यही समयको झटारो छ।

चर्चामा

सम्बन्धित समाचार