• होमपेज
  • बाजुरा बिशेष
  • युवा संघ बाजुराद्धाराले बुझायो प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र

युवा संघ बाजुराद्धाराले बुझायो प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र

  • बुधबार, मंसिर ६, २०८०
युवा संघ  बाजुराद्धाराले बुझायो प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र

बाजुरा — राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुराको ध्यानाकर्षण गराएको छ । विगत केहि समयदेखि जिल्लाको शान्ति सुरक्षामा केहि समस्या लगायतका विभिन्न विषयमा जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
युवा संघ नेपाल जिल्ला कमिटि बाजुराले ३ बुदेँ ध्यानाकर्षण पत्र बुझाएको युवा संघ नेपाल बाजुराका सचिव बिस्न कार्कीले बताए । युवा संघ नेपाल बाजुराका अध्यक्ष मिलनजंग ऐडी र सचिव बिस्न कार्कीको सयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा जिल्लाका विभिन्न ठाउँमा झै झगडा, कुटपिट जस्ता अपराधिक घटनाहरु दिन प्रतिदिन बढिरहेको, जिल्ला सदरमुकाम मार्तडी पनि दैनिक रुपमा चोरीका घटना बढिरहेकाले यसलाई नियन्त्रण गरि कारबाही गरिनुपर्ने र साँफे- मार्तडी सडक खण्ड अन्र्तगत बुढिगंगा नदिको जडाङ्गामा रहेको बेलिबृज तत्काल उपयुक्त ठाउँमा सार्नपनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार