• होमपेज
  • कला /साहित्य
  • दशरथ भट्टका चार मुक्तक

दशरथ भट्टका चार मुक्तक

  • मङ्लबार, मंसिर ५, २०८०
दशरथ भट्टका  चार मुक्तक

मुक्तक १
स्कुल कलेजमा लुकिलुकि हेरेको कामै लागेन
मायाजालमा पार्न नयाँ लुगा फेरेको कामै लागेन
एक्कासि कोहि अर्कै सँग पार्कमा बसेको देखेपछि,
विचारा मैले तिमिलाइ मायाले बेरेको कामै लागेन!
मुक्तक २
जनताहरूलाई झूटा आश्वासन अनि आस भयो
न परिवर्तन आयो न गाउँ समाजको बिकास भयो
सराकार तिमी पनि अन्धो भएर बस्छौ आखिर,
बाडी ,भुकम्प पिडितलाइ न राहत न बास भयो!
मुक्तक ३
म संग नै प्रेम बिवाह गर्ने ठूलो रहर छ उसको
मेरो गाउँको पारी पट्टि गाउँमा घर छ उसको
राम्री पनि आहा स्वर्गकी परि जस्तै मेरो सानी,
जति हेरेपनि हेरौं लागिरहने नजर छ उसको!
मुक्तक ४
हुँदैन गाउँको प्रगति खेलेर जुवातास नेता ज्यू
जितेको यत्रो वर्ष भो खै भएको बिकास नेता ज्यू
गाउँ घरमा सुबिधा साधन केहीपनि नभए पछि ,
गर्दै छन् गाउँका जनता सहर बसोबास नेता ज्यू।

चर्चामा

सम्बन्धित समाचार