• होमपेज
  • राजनीति
  • स्वः चेतन अयडीकाे सम्झनामा मार्तडीमा स्मृति सभा गरियाे

स्वः चेतन अयडीकाे सम्झनामा मार्तडीमा स्मृति सभा गरियाे

  • सोमवार, मंसिर ४, २०८०
स्वः चेतन अयडीकाे सम्झनामा मार्तडीमा स्मृति सभा गरियाे

बाजुरा– अनेरास्ववियुका विद्यार्थी नेता स्वर्गीय चेतनदिप अयडीकाे सम्झनामा नेकपा एमाले बाजुराले मार्तडीमा स्मृति सभाकाे आयाेजना  गरिएकाे छ । नेकपा एमाले बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीस्थित नेकपा एमाले पार्टी कार्यालयमा चेतनकाे फाेटाेमा माल्यार्पण र श्रद्धाञ्जली व्यक्त गरि स्मृति सभा गरिएकाे हो ।
चेतनकाे गत वर्ष आजकै दिन अर्थात मंसिर ४ गते संघ र प्रदेश सभाकाे निर्वाचनकाे मतदान सम्पन्न भई घरमा बसिरहेका बेला काँग्रेस कार्यकर्ताहरूले सांघातिक आक्रमण गरि क्रुर हत्या गरेकाे एमाले बाजुराले आयाेजना गरेकाे स्मृति सभामा बाेल्ने बक्ताहरुले बताएका थिए ।
बाजुराली कम्युनिस्ट आन्दाेलनका सहयाेद्वा गुमाउँदा पार्टीलाई ठुलाे क्षति भएकाे एमाले प्रदेश कमिटी सदस्य गगन रावलले बताएका छन् । स्मृति सभाका प्रमुख अतिथि समेत रहेका नेता रावलले चेतनका हत्यारालाई सरकारले वर्षदिन पुग्दा समेत दाेषीहरूलाई कारवाहीकाे दायरामा ल्याउन नसकेको बताएका छन् । अयडीकाे हत्या भएको आज वर्ष दिन पुगेको छ ।
चेतनकाे हत्यामा संलग्न रहेकाे भन्दै उनकाे परिवारले २२ जना विरूद्व सर्वस्वसहित जन्म कैदकाे मागसहित मुद्वा दायर गरेकाे थियाे । घटनामा संलग्न रहेका मध्ये प्रहरीले अहिलेसम्म १२ जनालाई पुवर्क्षका लागि थुनामा राखेकाे छ । भने अन्य १० जना अझै फरार रहेका छन् । सोही दिन मतदान स्थलमा प्रहरीले चलाएकाे गोली लागेर काँग्रेस कार्यकर्ता सञ्जीव अयडीको पनि मृत्यु भएको थियो ।
पार्टी सचिव भरत थापाकाे अध्यक्षतामा आयाेजना गरिएकाे स्मृति सभामा प्रमख अतिथि प्रदेश सदस्य गगन रावल रहेका थिए । पार्टीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख काँशी विकले संचालन गरेकाे स्मृति सभामा पार्टीमा आवद्व नेता कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार