• होमपेज
  • कला /साहित्य
  • मज्दुरको छैन घर सधै भोका नाङ्गा जहान

मज्दुरको छैन घर सधै भोका नाङ्गा जहान

  • सोमवार, मंसिर ४, २०८०
मज्दुरको छैन घर सधै भोका नाङ्गा जहान

राजनीति कत्ती नराम्रो होइ तर वेइमान छन्,
विकासको योजना छैन कुरामै समाधान छन्।

कसैले जिवनभरी गर्छ काम आफ्नो अर्काको,
अल्छीको घरमा उनैको पौरखको खदान छन्।

उस्ले भिख माग्यो र महल बनायो राजधानी मै,
मज्दुरको छैन घर सधै भोका नाङ्गा जहान छन्।

फरक यत्ती छ नेताले चन्दा उस्ले भिख माग्यो,
दुबै मागी खानेको राजधानिमा उस्तै शान छन्।

देशभक्तले देश र जनताको हितमा रगत पोख्यो,
तर देशको र जनताको माझमा उस्तै तुफान छन्।

भुइचालो आउँछ देशमा भत्किन्छन् घर गरिबका
राहत दिन्छ बिदेशी नेता सँग त मात्र उखान छन्।

चर्चामा

सम्बन्धित समाचार