• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराले चेतन अयडीको सम्झनामा स्मृति सभा गर्ने

नेकपा एमाले बाजुराले चेतन अयडीको सम्झनामा स्मृति सभा गर्ने

  • सोमवार, मंसिर ४, २०८०
नेकपा एमाले बाजुराले चेतन अयडीको सम्झनामा स्मृति सभा गर्ने

बाजुरा– नेकपा एमाले बाजुराले स्वर्गिय बिद्यार्थी नेता चेतन अयडीको सम्झनामा स्मृति सभा गर्ने भएको छ । पार्टी कार्यालय मार्तडीमा स्मृति सभा गर्न लागिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । संघ र प्रदेश सभाको निर्वाचनको दिन मंसिर ४ गते चेतन अयडीको सामुहीक आक्रमण गरि हत्या गरिएको दाबी सहीत मुद्दा चलिरहेको छ ।

साेमबार १ बजे पार्टी कार्यालयमा औपचारिक कार्यक्रम सहीत स्मृति सभा आयोजना गर्ने र श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम राखिएको पार्टी सचिव थापाले बताएका छन । एमालेको योद्धा भविष्य बोकेको युवाको सम्झनामा शोक सभा गर्ने र पार्टी संगठनमा पुर्याएको योगदानको चर्चा गर्ने उदेश्य राखिएको बताइएको छ । हत्यामा संलग्न भनिएकाहरु अझै फरार रहेको र सरकारले पक्राउ गर्न नसक्नुको कारण र त्यसका लागि न्यायलय र प्रहरी प्रशासनलाई दिनु पर्ने दबाबका बारेमा पनि कार्यक्रममा समीक्षा गर्ने तयारी एमालेले गरेको छ ।

त्रिवेणी नगरपालिका ७ को मतदान केन्द्रमा भएको कुटपीट पछि भागेर घरमा लुकेका अयडीलाई घर भित्रबाट निकालेर विभत्स हत्या गरिएको आरोप छ । तत्कालिन अनेरास्ववियुका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय प्राक कमिटीका अध्यक्ष समेत रहेका अयडीलाई हत्या भएको वर्ष दिन पुगेको छ ।  हत्यामा संलग्न रहेको आरोपमा २२ जनाका नाममा मुद्दा चलिरहेको छ । ती मध्ये १२ जना पूर्वपक्षका लागि थुनामा छन् ।

चर्चामा

सम्बन्धित समाचार