• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका यातायात ब्यबासायी मनाेमानी भाडा असुल्ने, प्रहरी प्रशासन टुलुटुलु हेर्ने

बाजुराका यातायात ब्यबासायी मनाेमानी भाडा असुल्ने, प्रहरी प्रशासन टुलुटुलु हेर्ने

  • सोमवार, मंसिर ४, २०८०
बाजुराका यातायात ब्यबासायी मनाेमानी भाडा असुल्ने, प्रहरी प्रशासन टुलुटुलु हेर्ने

बाजुरा– बाजुराबाट चल्ने बस तथा स्तानिय सडकमा चल्ने जीप व्यवसायीहरुले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । प्रहरी प्रशासनमा पटक पटक भाडादर कायम गर्ने निर्णय गर्ने प्रशासन पनि बाजुराका यातायात ब्यबासायीहरुका अगाडी  मुखदर्शक जस्तै बनेकाे छ ।  बाजुरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर लगायत स्थानिय रुटमा चल्ने बस तथा जीप ब्यबासायीहरुले  तिहारपछिको चापलाई ध्यानमा राखेर भाडा असुली धन्दा सुरु गरेको आरोप यात्रुहरुको छ । १६ सय रुपैया भाडा तय गरिएको मार्तडी धनगढीसम्मको भाडा ४ सय रुपैया बढाएर २ हजार लिने गरेको यात्रु नरजन  बिष्टले बताए । तोकिएको भाडाभन्दा ४ सय कसैलाई थाहै नदिई असुली गर्ने गरेको  यात्रुहरुले बताएका छन । यता मार्तडी काेल्टी लगायत ग्रामिण सडकमा चल्ने जीप ब्यबासयीहरुकाे पनि यात्रुबाट पैसा अशुल्ने धन्दा प्रशासनले राेक्न सकेकाे छैन ।

तोकिएको समयमा पनि बस नहिडाउँने र यात्रुको चापलाई देखाएर आफूखुसी भाडा असुल्ने गरेको आरोप लागेको छ । यात्रुहरुले भाडा ४ सय किन बढेको भन्दा उल्टै जान मन छैन्, भन्दै थर्काउने काम समेत मार्तडी काउन्टरबाटै हुने गरेको आक्रोश यात्रुहरुले बताएका छन । यता काेल्ट मार्तडी चल्ने जीप ब्यबासायहरुले पनि प्रति  ब्यक्ती १ हजार सामानकाे थप ६ देखी ७ सय भाडा लिने गरेकाे यात्रुहरुले बताउने गरेका छन ।

एक जना यात्रुबाट ४ सय असुल्ने गरेपनि बाजुरा प्रहरी प्रशासन भने मौन छ । चाड पर्व लक्षित भाडा घटाउनुको साँटो उल्टै कसैलाई थाहै नदिई सम्बन्धीत बस धनी र काउन्टरमा बस्नेहरुको मिलोमतोमा भाडा असुली धन्दा सुरु गरिएको आक्रोस यात्रुहरुको छ ।

मार्तडीबाट अत्तरिया माथि झर्नेहरुका लागि सिटै नदिने, दिएपनि चर्को भाडा लिने, अत्तरियासम्म गएपनि २ हजार भाडा असुल्ने गरेका छन् । बाजुराबाट सुदूरपश्चिम यातायात, पवनदुत, मालिका, खप्तड डिलक्स, महाकाली यातायात, बैजथान डिलक्स, भेरी, बडीमालिका यातायात सहीतका बससेवा सञ्चालनमा छन् ।

बाजुरा मार्तडीमा रहेको काउन्टर पनि सामुहीक भएकोले सबै समितिका बस र बस धनीलाई जानकारी गराएर काउन्टर समितिबाटै मनोमानी भाडा असुल्ने काम भइरहेको छ । नजिकै रहेको ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भने बेखबर बनेकाे देखिन्छ । यात्रुहरुले बेला बेला गुनासो गर्दा समेत प्रहरी नसुनेझै गर्ने गरेकाे गुनासाे रहेकाे छ । बस धनी र काउन्टर समितिलाई पैसा असुली भए पुग्ने मान्यता राखेका छन् । यात्रुहरुलाई पनि जानै पर्ने भएकोले महँगो भाडा तिर्न बाध्य छन् ।

चर्चामा

सम्बन्धित समाचार