बाजुरा– अछामको साँफेबगर नगरपालिका १२ बस्ने ३६ बर्षका मिन बहादुर कठायतको आर्थिक अभाबमा उपचारमा समस्या भएको छ । मुखको क्यान्सरले अनुहारमा घाउ भएको मिनको काठमाडौमा उपचार भएपनि आर्थिक समस्या भएको छ ।
१५ महिना देखी मुखमा घाउ भएपछि मिनलाइ उनकि श्रीमती सुकी देवि कठायतले उपचारका लागि भारतमा लगेकि थिईन् । भारतमा चेकजाँच गर्दा उनको क्यान्सर भएको धेरै पैसा लाग्ने वताएको थियो । केही उपचार गरेका थियौ, नभएपछि घर फिर्ता ल्याएको सुकीले वताएका छन् ।
भारत बाट घर फिर्ता ल्याएपछि मिनको घाउ बाट रगत बग्ने भएपछि झन झन जोखिम बन्दै गए । आफन्तले अछामको बयलपाटा अस्पतालमा लगे । बयलपाटाले रिफर गरेको तर पैसा नभएर केही समय अस्पतालमै रहे । चन्दा संकलन गरेर उनलाइ काठमाडौ पुगाएर नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार शुरु गरेको छ ।
काठमाडौमा रहेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौले मिनलाइ खान बस्न र उपचारमा सहयोग गरिरहेको थियो । मिनको उपचारमा पैसा धेरै लाग्ने भएकाले संस्था सँग पनि थप उपचारका लागि रकम अभाब भएको छ । मिनको पहिलो अप्रसेन संस्थाको सहयोगमा भएको छ । संस्थाले अस्पतालमा मात्र १ लाख ५० हजार बढी खर्च गरिसकेको छ ।
मिनको अझै थप उपचार गर्नुपर्ने रहेको छ । अप्रेसन पछि किमु थेरापि मार्फत उपचार गर्नुपर्ने भएको धेरै पैसा लाग्न सक्ने अस्पतालले जनाएको छ । आर्थिक अबस्था निकै कमजोर रहेको मिनको परिवार अति गरिब परिवारको सुचिमा रहेको छ । रिन काढेर भारतमा श्रीमानलाइ लगे । उता भारतमा ३ लाख भन्दा बढी खर्च भयो, नत श्रीमानको सञ्चो भयो सुकीले वताएकि छन् । श्रीमानको उपचारमा सहयोगका लागि उनले सबैलाइ अपिल गरेकि छन् ।