• होमपेज
  • कला /साहित्य
  • जङ्गलमा बाघ थियौँ अहिले पाल्तु बिरालो

जङ्गलमा बाघ थियौँ अहिले पाल्तु बिरालो

  • आइतवार, मंसिर ३, २०८०
जङ्गलमा बाघ थियौँ अहिले पाल्तु बिरालो

भ्रममा नपर्नोस् कुनै हामि सर्वहारा होइनौँ,
जस्ले जे भने पनि बुझ्नैपर्छ इसारा होइनौँ।

धन् कमाउँने लोभले मष्तिकमै जमायो घर,
त्यसैले त जतिसुकै लगाएपनि नारा होइनौँ।

रातो झण्डा हंसिया र घन अङ्कित आढेर,
धन् कमाउँछौँ तिम्रो आँखाका तारा होइनौँ।

हामी गरिब छौँ तर धनी बन्ने रहर छ मनमा,
त्यसैले भन्छु तिमिले सोंचेको पारा होइनौँ।

बरू आफुजस्तो मार्न सक्छौँ धनको लागी,
तर हामि त्यो शोषक र सामन्त मारा होइनौँ।

जङ्गलमा बाघ थियौँ अहिले पाल्तु बिरालो,
भ्रममा नपर्नु नभांचेका नङ्ग्रा दारा होइनौँ।

चर्चामा

सम्बन्धित समाचार