• होमपेज
  • सुचना प्रबिधी
  • उच्च क्षेत्रमा हिमपातको सम्भावना

उच्च क्षेत्रमा हिमपातको सम्भावना

  • आइतवार, मंसिर ३, २०८०
उच्च क्षेत्रमा हिमपातको सम्भावना

जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार