• होमपेज
  • कला /साहित्य
  • टिकटकले समाजलाई बिगार्यो सरकार भन्छ

टिकटकले समाजलाई बिगार्यो सरकार भन्छ

  • मङ्लबार, कार्तिक २८, २०८०
टिकटकले समाजलाई बिगार्यो सरकार भन्छ

टिकटकले समाजलाई बिगार्यो सरकार भन्छ,
अब लाग्यो बैन टिकटक नगर्नु खबरदार भन्छ।

भन्दैन हामिले व्यबस्थागर्न सकेनौ र बन्द गर्यौँ,
बरू टिकटकलाई नै बिक्रितीको व्यबहार भन्छ।

ए सरकार बरू बन्दगर सङ्घियता र एम सीसी,
नपठा युवाहरू बिदेश भन्दा छैन आधार भन्छ।

आम माफी दिन्छ अपराधीलाई र बन्दगर्छ पेसा,
भित्राउँछ साम्राज्यवाद बिकासको औतार भन्छ।

आफ्नै सन्तान नघर न घाट गरायो सरका आफै,
बिदेशी भर्न नागरिकाताकै खोल्छु व्यापार भन्छ।

जन्मिदा बित्तिकै असी हजार छ रिण टाउकोमा,
परेर दुश्मनकै जालमा देश पार्छु नाङ्गेझार भन्छ।

कर, रेमिटेन्सकै भरमा सरकार कति दिन टिक्ला,
छैन बिकासको ‘ब’ बनाउँछु बिदेशी बजार भन्छ।

चर्चामा

सम्बन्धित समाचार