शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा प्लाष्टिकजन्य फूलमाला प्रतिबन्धित

बडिमालिका नगरपालिकाद्धारा प्लाष्टिकजन्य फूलमाला प्रतिबन्धित

  • शुक्रबार, कार्तिक २४, २०८०
बडिमालिका नगरपालिकाद्धारा प्लाष्टिकजन्य फूलमाला प्रतिबन्धित

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलमालाले वातावरणमा असर तथा किसानले उत्पादन गरेका फूलमालालाई निरुत्साहित गर्ने भन्दै नगरपालिकाभित्र यसको बिक्रीवितरणमा रोक लाउने निणर्य गरेको हो ।

शुक्रबार बसेको नगर कार्यपालिकाको ३० औं कार्यपालिका  बैठकले स्थानिय कृषकहरुको बारीमा उत्पादित फूलमालालाई प्रोत्साहन गरि प्लाष्टिक जन्य फूलमालालाई रोक लगाउने निणर्य गरेको नगर प्रवक्त धर्मराज पाध्ययले बताएका छन ।

त्यस्तै दीपावली तथा छठ पर्वलगायतका चाडपर्व, मेला महोत्सव तथा सभा समारोहमा प्लाष्टिकजन्य फूलमालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको नगर प्रवक्ता पाध्ययले बताए ।

यसलाई सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ। साे बमाेजिम प्लाष्टिकजन्य फूलगुच्छा, माला तथा प्लाष्टिक झोलालगायतका सामग्रीको बिक्री, वितरण नगर्न नगरपालिकाले सबैलाई आग्रहसमेत गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार