बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ६
  • काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिद्वारा जाजरकाेटका भुकम्प पिडितलाई आर्थिक सहयाेग

काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिद्वारा जाजरकाेटका भुकम्प पिडितलाई आर्थिक सहयाेग

  • शुक्रबार, कार्तिक २४, २०८०
काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिद्वारा जाजरकाेटका भुकम्प पिडितलाई आर्थिक सहयाेग

बाजुरा –  नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिले जाजरकाेटका भुकम्प पिडितलाई आर्थिक सहयाेग गरेकाे छ ।

कार्तिक १७ गते राति ११ः ४७ बजे  जाजरकाेटकाे रामीडाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरकाे बिनाशकारी भुकम्पबाट जाजरकाेट र रुकुमपश्चिमका पिडितहरुलाई तत्काल उद्वार तथा राहत सेवा प्रदान गरि मानविय पिडालाई कम गर्ने उदेश्यका साथ आर्थिक सहयाेग गरेकाे जनाएकाे छ ।

गत साेमबार बसेकाे गाउँ कार्य समितिकाे बैठक अनुसार भुकम्पबाट प्रभावित बनेका जाजरकोटका पिडितका लागि आर्थिक संकलन गरी जाजरकोट जिल्ला प्रशासन कार्यालयले संचालन गरेको भुकम्प प्रभावित राहत कोषमा पठाइएको नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समिति सभापति हर्कबहादुर रावतले बताए ।

भुकम्पाबाट प्रभावित भएका पिडितका लागि गाउँपालिकाका स्थानीयहरुबाट संकलन गरेकाे ५० हजार ८ सय रुपैया उक्त कोषमा जम्मा गरिएकाे सभापति रावतले बताए । साे रकम भुकम्प प्रभावित राहत कोष जाजरकोटको खाता नम्बर ०७५००१०७५९९६६९०००००१ मा रकम जम्मा गरिएको बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार