• होमपेज
  • कला /साहित्य
  • लाजै लाग्दैन सरकारलाई (गजल)

लाजै लाग्दैन सरकारलाई (गजल)

  • शुक्रबार, कार्तिक २४, २०८०
लाजै लाग्दैन सरकारलाई (गजल)

हेर्दाहेर्दै आसियाना समसान बन्यो,
ज्युउँदाहरू सबै मुर्दा जहान बन्यो।

सरकारले सधै हात थाप्छ बिदेशमा,
यो देशमा बिकासको उखान बन्यो।

गँउथलीले पनि सुन्दर घर बधाउँ छ,
मान्छेको मागी खाने प्रावधान बन्यो।

शिक्षा कहिले लिन्छौ नेताहरू तिमी,
युवाको बास खाडी र जापान बन्यो।

जस्को सरकार आए नि दलाली गर्छ,
नागरिकता बेच्ने उन्कै दोकान बन्यो।

लाजै लाग्दैन सरकारलाई हात पसार्न,
मागी खानु नै उनिहरूको शान बन्यो।

चर्चामा

सम्बन्धित समाचार