बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाज
  • फियान नेपालको अधिबेशन सम्पन्न, बाजुराले पायाे एक पदाधिकारी र एक सदस्य

फियान नेपालको अधिबेशन सम्पन्न, बाजुराले पायाे एक पदाधिकारी र एक सदस्य

  • शुक्रबार, कार्तिक २४, २०८०
फियान नेपालको अधिबेशन सम्पन्न, बाजुराले पायाे एक पदाधिकारी र एक सदस्य

बाजुरा– खाध्य सुरक्षा, खाध्य अधिकार र खाध्य सम्प्रभुताको क्षेत्रमा राष्ट्रिय स्तरमा नीति वकालत र पैरवी गर्दै आईरहेको राष्ट्रिय स्तरको गैर सरकारी संस्था फियान नेपालको १६ औ साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएकाे छ । अधिबेनबाट अध्यक्षमा धादिङ थांक्रेका गोकर्ण रुपाखेती दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन ।

संस्थाको कात्तिक २३ गते विहीबार सम्पन्न भएको १६ औ साधारण सभा तथा ८ औं अधिवेशनबाट बाजुराका मदनराज जाेशी सचिव र बडिमालिका खवरका सम्पादक तथा सामाजिक अभियान्ता प्रकाश बहादुर सि‌ह सदस्यमा निर्वाचित भएका छन ।  नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इन्द्रमाया शंकर, महासचिवमा राम बहादुर पुन, कोषाध्यक्षमा सफल सुब्बा, सचिवमा मदनराज जोशी, सदस्यहरुमा रामलखन हरिजन, बसन्त प्रताप सिंह, प्रकाश बहादुर सिंह र यमुना महर्जन रहेका छन ।

फियान नेपालले खाद्यअधिकार तथा सामाजिक सरोकारका सवालहरुमा विभिन्न गतिविधिहरु मार्फत योगदान पुर्याउदै आएको छ । २०३० सम्म भोकमरीको समस्या अन्त्य गर्ने सरकारको लक्ष्यलाई सहयोग गर्नका निमित्त समुदाय तहदेखि राष्ट्रिय स्तरमा वकालत र पैरवीको अगुवाई समेत गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार