बर्गिय मायाँ परदेशमा अघात भेटिन्छ,
जहाँपनि त्यो उज्यालो प्रभात भेटिन्छ।
नकुनै जातिय बिभेद न त मात धनको,
एकतामा सधै अमृतकै बर्षात भेटिन्छ।
घुमियो कयौं नगरहरूमा सदभाव उस्तै,
जहाँ मानिसकै यथार्थ औकात भेटिन्छ।
विस्वविध्यालय हो एकता समाज हाम्रो
शिक्षा र देशप्रेम त्यहाँ दिन रात भेटिन्छ।
धेरै छुटे कयौँसँग भेटगर्न सकिएन भनौँ,
घुमियो ठाउँ ठाउँमै मानव जात भेटिन्छ।
फर्किंयौं स्वदेश सबै साथिलाई सम्झिदै,
देशमा त पाइलै पछि राष्ट्रघात भेटिन्छ।