आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

  • बिहिबार, कार्तिक २३, २०८०
देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

विभागले दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार