शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इन्डोनेसियामा ७ दशमलव १ म्याग्नेच्युटको भूकम्प

इन्डोनेसियामा ७ दशमलव १ म्याग्नेच्युटको भूकम्प

  • बुधबार, कार्तिक २२, २०८०
इन्डोनेसियामा ७ दशमलव १ म्याग्नेच्युटको भूकम्प

इन्डोनेसिया —दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा ७ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको छ ।

अमेरिकी भू-वैज्ञानिक सर्वेक्षण (युएसजीएस) को रेकर्डअनुसार आज विहान १० बजेर ३८ मिनेट (स्थानीय समय) मा इन्डोनेसियाको बान्दा सागर क्षेत्रलाई केन्द्र बनाएर ७ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको हो । त्यसको १ मिनेट अघिमात्र सोही क्षेत्रमा ६ दशमलव ७ म्याग्नेच्युटको भूकम्प गएको पनि युएसजीएसले रेकर्ड गरेको छ । त्यसयता इन्डोनेसियामा आजै ४ म्याग्नेच्युट भन्दाबढिका थप ४ वटा भूकम्पको धक्का महशुस गरिएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले भने इन्डोनेसियाको बान्दा सागर क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प भएको तर त्यहाँ सुनामीको चेतावनी नरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार