बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर

हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर

  • बुधबार, कार्तिक २२, २०८०
हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर

बाजुरा–  हिमाली गाउँपालिकामा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर स‌चालन गरिएकाे छ । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार  देखी शिबिर संचालन गरिएकाे हाे ।

३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ र जनरल फिजिसियन द्वारा निशुल्क  सेवा प्रदान  गरिने हिमाली गाउँपालिकाका अध्यक्ष गाेबिन्द बहादुर मल्लले बताएका छन ।

  गाउँपालिकाका नागरिकको उपचारका सहज होस भनेर स्वास्थ्य शिविर आयोजना गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष  मल्लले बताए । आर्थिक अभावकै कारण नागरिक स्वास्थ सेवा बाहिर नहुन, गाउँमै बिषेशज्ञ सहित शिबिर सञ्चालन गरिएको मल्लले बताए ।

शिविरबाट करिब ३ हजार जनाको स्वास्थ्य परिक्षण गर्ने उदेश्य रहेको गाउँपालिकाले अध्यक्ष मल्लले बताए । स्वास्थ्य शिविरका क्रममा शिविरमा उपचार हुन नसके उपचारका लागि गाउँपालिकाले काठमाडौँमा निस्शुल्क उपचार गर्ने अध्यक्ष मल्लले बताए ।

चर्चामा

सम्बन्धित समाचार