मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

  • सोमवार, कार्तिक २०, २०८०
कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

बिराटनगर— नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं’ उनले भनेका छन् ।

समर्थन कहिलेसम्म ? भन्ने प्रश्नमा उनले सरकारको काम कारबाही र परिस्थिति हेरेर निर्णय गर्ने बताए ।

सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।

नेकपा एमालेकाे सहयाेगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की २७ असाेजमा मुख्यमन्त्री बनेका थिए । २८ असाेजमा शपथ ग्रहण गरेका उनले साेही दिन एमालेबाट राम राना र कांग्रेस विद्राेही समूहबाट सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

१ कात्तिकका विश्वासको मत लिएका कार्कीले शुक्रबार माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको थियाे ।

चर्चामा

सम्बन्धित समाचार