ढुङ्गामा पराण हाल्दा मान्छे आफै वेजान भयो,
मानिसको जिन्दगि नै भमोरीको तुफान भयो।
जो कम्जोर हुन्छन् मानसिक चमत्कार खोज्छ,
व्यबहारको अबमुल्यान् बिचारकै दोकान भयो।
यो प्रकृतीलेपनि बेला बेलामा आकारमण गर्छ,
गरिब बस्तिमा क्षणभरमा सयुंक्त चिहान भयो।
मौका परस्तहरू त यसैमापनि झोला थाप्नेछन्,
सहयोगको नाममा माग्दै खाने प्राबधान भयो।
खै सरकार मर्नेहरू मरेरगए जिउंदाको उपचार,
हाम्रो देशको सहयोग नै उपहास र उखान भयो।
बिपतको बेलामा आउनेगर्छ राहत यो देशभित्र
त्यसैमा जहिले पनि किन यस्तो तानातान भयो।