सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर

रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर

  • आइतवार, कार्तिक १९, २०८०
रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर

काठमाडौं —सशस्त्र प्रहरी बलले रुकुम (पश्चिम)का भूकम्प पीडितका लागि १० हजार ७०० टेन्ट पठाएको छ ।

आज बिहान ४ बजे सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज डिजास्टर रेस्पोन्स सिस्टम (डीआएस) कन्टेनरसहित रुकुम पश्चिम हिंडेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर प्रभावित क्षेत्र हिँडेको हो ।

नं. २२ गुहेश्वरी गण भक्तपुरमा रहेको १० हजार थान टेन्ट र उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७०० थान टेन्ट त्यहाँ पठाइएको हो ।

यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम (डीआरएस) कन्टेनर पठाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार