• होमपेज
  • कला /साहित्य
  • हेरौं त कहिले कोरोना कहिले भुकम्प

हेरौं त कहिले कोरोना कहिले भुकम्प

  • आइतवार, कार्तिक १९, २०८०
हेरौं त कहिले कोरोना कहिले भुकम्प

हेर्दाहेर्दै कयौं घर नै कव्रिस्तान भयो,
प्रकृती द्वौरा मान्छेकै अफ्सान भयो।

जताततै रूवाबास नै छ यो देशभित्र,
यो प्रकृती किन यस्तो वेइमान भयो।

मानिसले पनि त धेरै मनोमानि गर्छन्,
भन्न सक्दैनन् मानिस नै नादान भयो।

स्वर्थी संसारमा पुंजिको घन ब्रजिन्छ,
उत्खनन् कहिले बन् मा फडान भयो।

हेरौं त कहिले कोरोना कहिले भुकम्प,
संसारभरी दयानिय हाम्रै जहान भयो।

काल कुनवेला आउंछ हाम्रो थाहाछैन्,
मानव चोला समेत एउटा उखान भयो।

चर्चामा

सम्बन्धित समाचार