शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

  • शनिबार, कार्तिक १८, २०८०
भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

काठमाडौँ —बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरि केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ।

चर्चामा

सम्बन्धित समाचार