शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भुकम्प तिमी निर्दयी भयौ मानिस साराको (झ्याउरे छन्दमा कविता)

भुकम्प तिमी निर्दयी भयौ मानिस साराको (झ्याउरे छन्दमा कविता)

  • शनिबार, कार्तिक १८, २०८०
भुकम्प तिमी निर्दयी भयौ मानिस साराको  (झ्याउरे छन्दमा कविता)

दिन रे बार ,न चिट्ठी दिन्छौ, न गर्छौ खबर
संसार पुरै ,हल्लाइ दिन्छौ, तिमिछौ जबर
भुकम्प तिमी, निर्दयी भयौ , मानिस सारा को
दु:खै मा दु:ख, थपेर जान्छौ, यस्तो के पारा हो

भुकुम्प तिमी ,चिन्ताको भारी ,त्रास बन्यौ मनको
न बुझ्ने पीडा, अबस्था कस्तो, नेपाली जनको
निर्जीव तिमी, भुकम्प भन्ने, तागतिलो हुरि
अदृश्य भइ ,आउने तिमी, के सार्हो निष्ठुरी

कहिले बझाङ ,कहिले दार्चुला, कहिले रुकममा
भुकम्प तिम्रै आतंक भयो, यो हाम्रो नेपालमा
हिजोनि लग्यौ ,अस्तिनी लग्यौ, सयौँको संङ्ख्यामा
न बुढा भन्यौ, न बच्चा भन्यौ, मिलायौ माटोमा

काठमाडौ पनि ,बहत्तर साल ,कयौँका ज्यान गाथे
कयौँको खाली , सिउँदो बने , टुहुरा नि भाथे
पर्भुले पनि सक्दैन् रैछ, रोक्ननी सक्दैन
भुकम्प तिमी ,पापी हौ पापी ,अरु म जान्दैन

कुनजुनिमा, के गर्यौँ पाप ,सजाय दिदिछौ
बेलाबेलामा , कम्पन बनी ,ज्याननी लिदैँछौ
मानिसको क्षती, भएर आयो , यो असी सालमा
तिहारको मुखमा जाजरकोट भुकम्प कालमा

पिडित जन ,जोजति छन् ,जिउँदा शासको
ब्यवस्था गर्नु ,हे सरकार,गासरे बासको
स्वास्थलाभको ,कामना छ है ,घाइते मनमा
श्रद्धाञ्जली, अर्पण गर्छु , मृत्कक जनमा

No description available.

चर्चामा

सम्बन्धित समाचार