बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ६
  • भूकम्प प्रभावितको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण

भूकम्प प्रभावितको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण

  • शनिबार, कार्तिक १८, २०८०
भूकम्प प्रभावितको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ —नेकपा एमालेका सचेतक महेश बर्तौलाले भूकम्पमा परेर घाइते भएका नागरिकको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत जाजरकोट आसपासमा भूकम्पका कारण प्रभावित भएका नागरिकको उचित व्यवस्थापन गर्न र घाइतेहरूको उपचार प्रभावकारी रूपमा गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सचेतक बर्तौलाले गएको मध्य रातमा जाजरकोट आसपास केन्द्र बनाएर गएको भूकम्पमा परि जाजरकोट र रुकुममा ठुलो धनजनको क्षति भएको प्रति दुःखद व्यक्त गरेका छन् । उनले क्षतिको पुरा विवरण आइसकेको कारण सतर्कता अपनाउन अपिल समेत गरेका छन् ।

विपद्को यश अवस्थामा प्रभावकारी र राहतमा जुट्न तथा सहयोग पुर्याउन आम आम नागरिकहरूलाई आग्रह समेत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार