शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशभक्तको हुदैन कदर

देशभक्तको हुदैन कदर

  • शुक्रबार, कार्तिक १७, २०८०
देशभक्तको हुदैन कदर

जहां जनविरोधी र देशघाती सरकार हुन्छ,
त्यही देशभित्र अतिकर्मण र भ्रष्टाचार हुन्छ।

आफ्नो देशनै धितो राख्छन् निजी स्वार्थमा,
युवा खाडी कोही जापान कोही कतार हुन्छ।

देशभक्तको हुदैन कदर अपमान सहिदको,
देशको नाइके समेत अपराधी गुनेगार हुन्छ।

छैन सिटामोल र हुंदैन राम्रो उपचार देशमा,
बिदेशी संग असमान घाटाको व्यापार हुन्छ।

दर्दनिय र मार्मिक देशका जनताको अबस्था,
पसिना छर्दा बिदेशमा नराम्रो व्यबहार हुन्छ।

रेमिटेन्स र करमा पलेका संघिय सरकारको,
सधै सदनमा कहिले सडकमा मारामार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार