शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ढुङ्गा र माटोलाई एक आर्काको भर हुन्छ

ढुङ्गा र माटोलाई एक आर्काको भर हुन्छ

  • बिहिबार, कार्तिक १६, २०८०
ढुङ्गा र माटोलाई एक आर्काको भर हुन्छ

ढुङ्गा र माटोलाई एक आर्काको भर हुन्छ,
त्यसैमा मानिसको जिवन अनि घर हुन्छ।

महिंला पुरूष मिलेपछि यो श्रृष्टी बनेकैहो,
किन पुरूषको मात्र यहां बढी कदर हुन्छ।

छोरा छोरी बराबर हुंन यही भन्छन् सबैले,
समाज भित्र किन छोराको मात्र रहर हुन्छ।

ए मान्छे धनको अभिमान नदेखाउ कोही,
सबैको साझा यो प्रकृती धर्ती,सगर हुन्छ।

वर्गिए मायां पनि धेरै न्यानुहुन्छ समाज मा,
बर्गिए हितका यि प्रत्येक शब्द अंमर हुन्छ।

तर धेरैजसो स्वांयघोषित नेता हुन्छन् यहां,
उनिहरूलाई यस्ता बिचारले वेअसर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार