शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उस्तै छ निस्वार्थ मायांको रास जहां गएपनि

उस्तै छ निस्वार्थ मायांको रास जहां गएपनि

  • बुधबार, कार्तिक १५, २०८०
उस्तै छ निस्वार्थ मायांको रास जहां गएपनि

उस्तै छ निस्वार्थ मायांको रास जहां गएपनि,
खान मिल्छ मिल्छ बस्ने बास जहां गएपनि।

बर्गिय साइनो रगतकै नाता भन्दा गाढा हुन्छ,
सुन्दर बिचारले जेलेकै छ खास जहां गएपनि।

परदेशी नेपिलीको एकता देख्दा उमङ्ग जाग्छ,
हुंन्न आफ्नो यो मन् कत्ती उदास जहां गएपनि।

आफुजस्तै साथिहरूको जम्घटले संदेश दिन्छ,
नौलो बिहानीको नै हुन्छ आभास जहां गएपनि।

श्रमजिविहरू बिचको एकता देखेपछि बलियो,
दुष्टको योजना हुनेगर्छ सत्यनास जहां गएपनि।

यो मन खिन्न हुंदैन हतास हुन्छ न निरास हुन्छ,
हुन्छ मन् मष्तिकमै जोस सहास जहां गएपनि।

चर्चामा

सम्बन्धित समाचार