शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजरायल र हमास युद्ध, ३१ पत्रकारको मृत्यु

इजरायल र हमास युद्ध, ३१ पत्रकारको मृत्यु

  • मङ्लबार, कार्तिक १४, २०८०
इजरायल र हमास युद्ध, ३१ पत्रकारको मृत्यु

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ ।

संगठनले एक विज्ञप्तिमा भन्यो, ‘ विशेष गरी गाजामा पत्रकारहरुले धेरै जोखिमको सामना गर्दैछन्। उनीहरू इजरायली बम विष्फोट र अन्य हमलाको सिकार भइरहेका छन्।’

पछिल्लो समय प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाहको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सले लेबनान सीमामा इजरायलबाट गोली चलाउँदा पत्रकारको मृत्यु भएको दाबी गरेको थियो।

इजरायली सेनाले यो दाबीबारे अनुसन्धान गरिरहेको बताएको छ । आइडीएफले रोयटर्स र एफपी समाचार एजेन्सीहरूलाई गाजामा काम गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको छ। बीबीसी

चर्चामा

सम्बन्धित समाचार