शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अखण्ड देशपनि दुष्टको गास भयो

अखण्ड देशपनि दुष्टको गास भयो

  • मङ्लबार, कार्तिक १४, २०८०
अखण्ड देशपनि दुष्टको गास भयो

युवाहरूको त बाहिरई बास भयो,
उस्तै हाम्रै देशको सत्यनास भयो।

छुवाछुत हुन्छ जात र उप जातमा,
समाजमा कुरितीको बिकास भयो।

मज्दुरको छोरा इञ्जिनियर बन्दा,
त्यो डिग्री नै समस्याको रास भयो।

बाँजै हुँदा पुर्खौली पाटो मुटु पोल्छ,
छोरा किन बिदेशी भूमी खास भयो।

डिग्री बोक्यो र सम्पत्ती दलाललाई,
आफु त बिदेशीको सधै दाश भयो।

उस्तैचुने पठाए जनताले सरकारमा
अखण्ड देशपनि दुष्टको गास भयो।

चर्चामा

सम्बन्धित समाचार