बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

  • सोमवार, कार्तिक १३, २०८०
भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

आन्ध्र प्रदेश —भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार