पुग्दैन गन्तव्य यो मनको सफर उस्तै
हुन्छन् मिठा कल्पनाको खबर उस्तै।
चोर चोर भन्दै चोरेर भाग्ने धेरै हुन्छन्,
लगाम उनैको हातमा छ सकभर उस्तै।
समुन्दरमै बसेर प्यसै मर्छन् माझिहरू,
सिशमहल कै कर्मी हुन्छन् वेघर उस्तै।
मधेश पहाड हिमालको समस्य बुझ्दा,
पिडा सबैको पानी बिनाकै बगर उस्तै।
मर्ने छुट कस्ले दिन्छ सजिलै देशभित्र,
मरिमरी नागरिकलाई बाँच्ने कर उस्तै।
कवीले कवितामा जिवन लेख्छ र देश,
समाजनै परिवर्तन गर्ने हुन्छ रहर उस्तै।