आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • बझाङको छविसपाथिभेरामा जीप दुर्घटना हुँदा ६ जना घाइते

बझाङको छविसपाथिभेरामा जीप दुर्घटना हुँदा ६ जना घाइते

  • शुक्रबार, कार्तिक ३, २०८०
बझाङको छविसपाथिभेरामा जीप  दुर्घटना हुँदा ६ जना घाइते

अर्थ जङ्ग शाही/बझाङ– बझाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

डीमा चालक विनोद धामी सहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरीका इनार महत , रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन् ।

२५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तै वर्ष २२ का प्रकाशको हात कम्मरमा चोट लागेको छ भने अवस्था चिन्ताजनक रहेको छ । ३१ वर्षीय रामबहादुर धामीको खुट्टामा चोट लागेको छ । १४ वर्षीय अशोक धामी मुख र कम्मरमा चोट लागेको छ । १६ वर्षीय सन्तोष धामीको खुट्टामा चोट लागेको छ भने १६ वर्षीय निरन धामीको खुट्टामा चोट लागेको घटना स्थलबाट पत्रकार सुनिल मण्डेलले जानकारी दिनुभएको छ।

घाइतेहरूलाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ । गाडी चालक र अन्य दुई जना भने सकुशल छन् ।

चर्चामा

सम्बन्धित समाचार