आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन

जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन

  • बिहिबार, कार्तिक २, २०८०
जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन

बाजुरा– जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन भएका छन । सदरमुकाम मार्तडीमा संजालको आज पुर्नगठन कार्यक्रमको हलबाटै पाध्याय सर्बसम्वत चयन भएका हुन ।

त्यसै गरी उप संयोजकमा कोपिला सिहं र सचिवमा सन्तोष विक सर्बसम्बत भएका छन । जिल्ला खाध्य अधिकार संजालका निवर्तमान संयोजक मदन जोशीको अध्यक्षतामा संचालन भएको औपचारकी कार्यक्रमका बिज संजालको पुर्नगठन गरिएको हो । कार्यक्रममा हाल सम्म गरेका कार्य सम्पादनहरु र उपलब्धिका बारेमा प्रतिबेदन प्रस्तुत समेत गरिएकाे थियो ।

यस अघि संजालको सचिवका भुमिकामा रहेका पाध्यायलाई हलबाटै संयोजकमा सर्बसम्बत गरेको संजालका सल्लाहकार मदन जैशीले बताए । जिल्ला खाध्य अधिकार संजालमा जिल्लामा रहेका गैर सरकारी संस्थाहरु सदस्यको रुपमा रहेका छन । संजालमा ४२ सदस्य सस्था रहने गरी पुर्नगठीत भएको सल्लाहकार जैशीले बताए ।
लामो समयदेखी खाध्य अधिकारका क्षेत्रमा वकालत पैरवी गर्दै आएका संजालका निबर्तमान संयोजक मदन जोशी सल्लाहकारमा मनोनित गरिएका छन । जिल्ला खाध्य अधिकार संजालले बाजुरामा खाध्य अधिकार र बिकासका सवालमा वकालत गर्दै आएको छ ।

  पुरानो समितिलाई बिगठन गरि नयाँ कार्य समिति गठन गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार