आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • खाध्य अधिकार संचाल बाजुराद्धारा शुभकामना आदान-प्रदान तथा खाध्य अधिकारका बिषयमा छलफल

खाध्य अधिकार संचाल बाजुराद्धारा शुभकामना आदान-प्रदान तथा खाध्य अधिकारका बिषयमा छलफल

  • बिहिबार, कार्तिक २, २०८०
खाध्य अधिकार संचाल बाजुराद्धारा शुभकामना आदान-प्रदान तथा खाध्य अधिकारका बिषयमा छलफल

बाजुरा– जिल्ला खाध्य अधिकार संजाल बाजुराले बडादशै, तिहार, छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । बडादशै, तिहार, छठ पर्ब नेपाल सम्वत्को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो । जिल्ला खाध्य अधिकार संजाल बाजुराका अध्यक्ष मदनराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा प्रमुख अतिथि रहेकी थिइन ।
शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाको खाध्य अधिकारको अवस्थाका बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाका नौ ओटै स्थानिय तहले खाध्य अधिकारका बिषयमा गम्भिर भएर लाग्नुपर्ने बताएका छन ।
कार्यक्रममा बडिमालिका नगरपालिकाका प्रबक्ता तथा वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, वडा न ३ का वडा अध्यक्ष डबल रोकाया, वडा ९ का वडा अध्यक्ष सुर्यकिरण विक बिषिष्ठ अतिथि रहेका थिए ।
त्यसै गरी गैसस महासघंक अध्यक्ष कृष्ण अधिकारी लगायत बिभिन्न गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, नेपाल पत्रकार महासंघका उपा अध्यक्ष पदम बहादुर सिहं लगायत जिल्ला स्थित कृयाशिल पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।
फियान नेपाल, गिप्ट बाजुरा, याक नेपाल, आइएनएफ नेपाल लगायतका संस्थाहरुको सहयोग तथा समन्वयमा खाध्य अधिकार संजाल बाजुराको आयोजनामा गरिएको खाध्य अधिकारको सवाल तथा शुभकाना आदान प्रदान कार्यक्रमको स्वागत संजालका सदस्य प्रेम रौलेले गरेका थिए भने कार्यक्रमको संचालन संजालका सचिव लक्ष्मीराज पाध्यायले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार