आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ मा शुभकामना आदान प्रदान संगै बिपन्न परिवारलाई खाध्यान्न सहयोग

बडिमालिका ७ मा शुभकामना आदान प्रदान संगै बिपन्न परिवारलाई खाध्यान्न सहयोग

  • मङ्लबार, अशोज ३०, २०८०
बडिमालिका ७ मा शुभकामना आदान प्रदान संगै बिपन्न परिवारलाई खाध्यान्न सहयोग

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ को कार्यालयद्धारा बिजया दशै शुभ दिपावली र छट पर्वको अवसरका शुभकामना आदान प्रदान तथा बिपन्न परिवारलाई खाध्यान्न सहयोग गरेको छ । दशै तथा शुभ-दिपावली २०८० को पावन अवसर वडा कार्यालयले विगतका बर्ष झै  विपन्न गरिव परिवारलाई खाध्यान्न सहयोग गरेको हो ।
दशै तथा शुभ-दिपावली २०८० को पावन अवसर वडा कार्यालयले विगत झै शुभकामना संगै विपन्न गरिव परिवारले दशै र तिहारमा खानामा समस्या नहोस भनेर छर छिमेकी सरह दशै राम्रो होस भन्ने उदेस्काका साथ वडाका विपन्न नागरिकलाई खाद्यान्न, तेल, चिनि दाल कपडा धुने सावन र मासुका लागि नगद पाँच सय वितरण गरेको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।  समग्री सहयोग समाजसेवी दयाराम अग्रवालसंगको सहयाेग तथा वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वय र पारिश्रमिक तथा वडाको चाडपर्व खर्चबाट राहत साम्रगी बितरण गरिएको वडा अध्यक्ष पाध्यायले बताए ।
बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अमर खड्का रहेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य वडा सदस्य पुर्व जनप्रतिनिधि पार्टी प्रतिनिधि टोल प्रमुख स्वास्थ प्रमुख लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत वडा सदस्य लोकेन्द्र रोकायाले गरेका थिए भने कार्यक्रमको संचालन वडा सचिव सरिता ठकुल्ला र मार्तडी स्वास्थ्य चौकी चुथीका प्रमुख धर्म खत्रीले गरेका थिए । कार्यक्रममा ३२ जना बिपन्न परिवारलाई खाध्यान्न बितरण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार