सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • ६८ औं प्रहरी दिवस २०८० को अवसरमा बिभिन्न कार्यक्रम गरि मनाईयो

६८ औं प्रहरी दिवस २०८० को अवसरमा बिभिन्न कार्यक्रम गरि मनाईयो

  • मङ्लबार, अशोज ३०, २०८०
६८ औं प्रहरी दिवस २०८० को अवसरमा बिभिन्न कार्यक्रम गरि मनाईयो

बाजुरा– ६८ औं प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले केही दिन अगाडी देखी बिभिन्न खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमका साथ आज औपचारीक कार्यक्रमको आयोजना गरिएको हो ।
प्रहरी दिवसको अवसरका उत्कृष्ट काम सम्पादन गर्ने प्रहरी अधिकृत र जवानहरुलाइ सम्मान गर्नुका साथै भुपु प्रहरी र शाहदत प्रहरीका परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसै गरि बिभिन्न बिधामा प्रथम द्धितिय र तृतय हुने सहभागीहरुलाइ नगद सहित पुरस्कार बितरण गरिएको थियो ।

५ किलोमिटर दौड, क्यारमबोड, ब्याडमिन्टन ,भलिबल प्रतियोगिता जस्ता कार्याक्रम संचालन गरी सहभागी उत्कृष्ट खेलाडीहरु, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु र “समुदायमा प्रहरीको भूमिका” शिर्षकमा निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई सम्मान स्वरुप प्रमाण पत्र वितरण गरीएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपक्षिक कबिन्द्रसिहं बोहराको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । कार्यक्रममा जिल्ला स्थित शुरक्षा निकायका प्रमुख मालिका माबिका प्रधानाध्यापक शुभराज पाध्याय लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

 

चर्चामा

सम्बन्धित समाचार