शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने

  • मङ्लबार, अशोज ३०, २०८०
अमेरिकी राष्ट्रपति बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने

अमेरिकी – अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल भ्रमणमा जाने भएका छन् । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध जारी रहेकै बेला राष्ट्रपति बाइडेन इजरायल भ्रमणमा जान लागेका हुन् ।

बाइडेनले आफूले इजरायल र जोर्डनको भ्रमण गर्ने सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् ।

अक्टोबर ७ मा हमासले गाजाबाट अचानक इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले हमासविरूद्ध आक्रमण गरिरहेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका अनुसार हमासको आक्रमणपछि युद्धमा रहेको इजरायलको अवस्था बुझ्न बाइडेनले इजरायल भ्रमण गर्न लागेका हुन् ।

केही दिनअघि विदेशमन्त्री ब्लिङ्केन पनि तेल अभिभ पुगेर इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग हमासविरूद्धको लडाइँ र अमेरिकाको सहयोगबारे कुरा गरेका थिए।

इजरायलमा रहँदा बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र विदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाइएको छ ।

इजरायल–हमास युद्धमा अहिलेसम्म १४ सय इजरायली र २७ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने हमासले झन्डै २ सय जनालाई बन्धक बनाएर लगेको जनाइएको छ ।

यस्तै, इजारयलबाट राष्ट्रपति बाइडेन छिमेकी मुलुक जोर्डन जाने छन्। जोर्डनमा उनले राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसी र प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग भेटघाट गर्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार