शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • दशैंको शुभकामना दिंदै झलनाथ खनालले औंल्याए नेपालका ४ संकट छ

दशैंको शुभकामना दिंदै झलनाथ खनालले औंल्याए नेपालका ४ संकट छ

  • मङ्लबार, अशोज ३०, २०८०
दशैंको शुभकामना दिंदै झलनाथ खनालले औंल्याए नेपालका ४ संकट छ

काठमाडौं —पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले दशैं, तिहार, छठ, नेपाल सम्वत्, ल्सोसार, उधौली लगायतका चाडपर्वको अवशरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् ।

पूर्वप्रधानम खनालले मंगलबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको अग्रगमन र प्रगतिको कामना गरेका हुन् ।

शुभकामा सन्देशमा उनले नेपालको अवस्थाको पनि चित्रण गरेका छन् । ‘हाम्रो देश यति बेला बिभिन्न कारणले अनेक खालका संकटहरुहरुबाट अगाडि बढिरहेको छ’ उनले भने । पूर्वप्रधानमन्त्री खनालले चार वटा संकट औंल्याए । ‘राजनीतिक संकट, आर्थिक संकट, सामाजिक/सांस्कृतिक संकट, राष्ट्रियताको संकट सबै बढिरहेको छ,’ उनले भने ।

देशमा मूल्यबृद्धि भइरहेको, महंगी बढिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा आम श्रमिक जनताले चाडपर्वहरु कसरी मनाउने होला भन्ने परिस्थितिको सामना गर्नुपरेको बताए । जुनसुकै अवस्थामा भएपनि चाडपर्व खुसीयालीका पर्व भएकाले जस्तो सुके अवस्थामा खुसी साटासाट गरेर मनाउनुपर्ने र यसैगरी समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए ।

नेपालमा वर्तमान देखा परेका सबै समस्याहरु, विकृति, विसंगतिहरु दलाल पुँजीवादी व्यवस्थाले सिर्जना गरेको उल्लेख गर्दै उनले समाजवादी समाज निर्माण गर्नका लागि प्रयत्न भइरहेको बताए ।

‘एक दिन हामी एउटा सुन्दर, सभ्य, समृद्ध समाजवादी समाजमा पुग्ने छौं । र साच्चै नै सबैको खुसीयालीका निम्ति सम्पूर्ण पर्वहरु नयाँ ढंगले मनाउने छौं । तर, अहिले हामी जे अवस्थामा छौं त्यही अवस्थामा चाडपर्वहरु मनाउनुपर्ने आवश्यकता छ । म सबैलाई चाडपर्वहरुको अवसरमा हार्दिक हादिर्क मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’

चर्चामा

सम्बन्धित समाचार